Tuesday, March 13, 2018

उनन्चास सपना


एम।बि।बि।एस को अन्तिम सेमेस्टरको अन्तिम परीक्षा सकाएर सुरज हलुका छाती बनाउदै परिक्षा हलबाट निस्कन्छ। बर्षअघी डाक्टर बन्ने उदेश्यले उडेको थियो नेपालबाट बाङ्लादेश साथमा आमाबुवाको "चाँडै डाक्टर बनेर घर फर्केस" सहितको सुभासिस, आशिर्वाद धेरै आशा बोकेर। "पढाइ सकेर नेपाल कै बिरामीहरुको सेवा गर्न फर्किन्छु" आमाको हातको टिका लाउँदै उसले यसो भन्दा आमाको अनुहार अलिकती उज्यालो भएको थियो। 

आज यि कुरा सम्झिदै आफ्नो सपना पुरा हुन लागेको महसुस गर्छ। "भोली बिहानै हिँड्नु छ। केही सपिङ गर्नु पर्‍यो" भन्ने सोच्दै बजारतिर लाग्छ। 

"पढ्न गको मान्छेले किन यत्रो खर्च गरेको होला। " 

"भइहाल्यो त। सबैलाई सम्झेर ल्याइदेको खुशी हो न।"

"आहा! मैले पढ्न खोजेको किताब"

"आहा! कस्तो राम्रो झुम्का"

भोली यतिबेलातिर आफ्नो घरको द्रिश्य दिमागमा चित्रण गर्दै कोठामा पुग्छ भोलीको लागि सामान मिलाउन थाल्छ।  

                                                                            ।।।।। 

                                                                                
राजु माउन्ट एभरेष्ट ट्रावल्स एन्ड टुर्समा काम गर्छ। भर्खरै बिहे गरेको दुनियाँलाई नेपाल लगायत विदेशतिर ट्रावल प्याकेज बनाएर घुमाउने व्यवस्था मिलाउने गरे पनि आफ्नो बुडी लाई मैतिदेवीको एउटा साँघुरो कोठा बाहेक कतै घुमाउन लैजान पाएको थिएन। तर पनि खुशी नै थियो। एउटा आफ्नो ट्रावल एजेन्सी सके काठमाडौंमा आना जग्गामा एउटा चार कोठे घर। उसको सपनाको दायरा शायद यतीनै फराकिलो थियो। 

बाङ्लादेशमा हुन लागेको ट्रावल एजेन्टहरुको तालिममा सहभागी हुन उसको एजेन्सीबाट राजु छानिन्छ। दिने तालिमको लागि ढाका उड्छ। "पुग्ने बित्तिकै फोन गर्नु है" भन्दै बुडिले उसलाई बिदा गर्छे। 
चार दिने कार्यक्रमको अन्तिम दिन बजारतिरको किन्मेल सकेर होटेलमा आइ आफ्नो कोठाको खाटमा पल्टिन्छ। सोच्न थाल्छ, "बिहे गरे देखी बुडिलाई कतै घुमाउन लगेको छैन, फर्केर गएपछी - दिन कामबाट छुट्टी मागेर पोखरा जानु पर्ला। 
               
                                                                              ।।।।। 

आहना नयानन्द स्कुल देखिकै साथी हुन। बाङ्लादेशको चट्गाउँमा बस्छन। नयानन्दले आहनालाई मा पढ्दा देखिनै मन पराउँथ्यो। भन्न चै सकेको थिएन। पछी कलेज पढ्दा आँट गरेर भन्यो, आहनाले हुन्छ भनी। कलेज सक्यो, दुबैले काम पाए कलेज सकिने अन्तिम दिन नयानन्दले विवाहको प्रस्ताब राखेको थियो आहना लाई। "घरमा माग्न आउ", उसले भनेकी थिइ। 

दुबैजना काम गर्ने भएपछी नयानन्द आहनाको घर गयो, आहनालाई माग्न। धुमधाम सँग बिहे गराइदिए परिवारले। आफ्नो प्रेम सफल भएकोमा दुबै खुशी छन। हनिमुनको लागि कहाँँ जाने भनेर योजना बनाउँदै छन दुबैजना। आहनाले आफु कलेज पढ्दाको नेपाली साथीले नेपालको वर्णन गरेको सम्झिदै भन्छे नेपाल जाउँ। यसो भन्दा उसको अनुहारमा आएको चमक देखेर नयानन्द पनि सहमत हुन्छ। 

आहना नयानन्द भोली नेपाल जाँदै छन। आफ्नो जीवनको सहयात्रा नेपालबाट सुरु गर्न।   

                                                                               ।।।।। 


युएस बङ्लाको बिमान ल्यान्ड गर्नै लाग्दा अनियन्त्रित भइ उछिटिन्छ। भित्र यात्रिहरु आत्तिएर रोइकराइ गर्न थाल्छन। सुरजको दिमागमा आमाको अनुहार झल्झली आउँछ। बिमानमा आगो दनदनी बल्दा भित्र निसासिँदै गरेको राजु आफ्नो बुडिलाई सम्झिन्छ। आहना नयानन्द अँगालो मार्दै रोइरहेका छन। 

धेरै सुरज जले, धेरै सपना डढे। कैयौँ राजुका बुडिहरु आफ्नो बुडाले ल्याइदिएको रातो सारी लाउनै नपाई विधवा भए। राजुको आफ्नो  ट्रावल  एजेन्सी खुल्नै नपाई खरानी भयो। आहना नयानन्दहरु को लामो सहयात्राा पहिलो पाइलामै टुङियो।  अरु कती थाहा नभएका सपनाहरु त्यही आगोको मुस्लो सँगै उडे। पर कहाँँ को कहाँँ। 

एउटा विमानमात्रै जलेन। उनन्चास सपना जले। उनन्चास कथाहरु नलेखिएरै बिलाए। 

1 comment:

  1. Only dose can feel d pain who ve xperienced such tragedies

    ReplyDelete