फूल थियो, बास्ना थियो उनी खै कता
यि आँखा रित्तो पारी रुनी खै कता
पाठशालामा ज्ञानगुन सिकाइन्छ रे
मायापिरेम, मा उत्तिर्ण हुनी खै कता
बाँच्नलाई दोबाटोमा पसल खोलेकोछु
साहु त म नै भएँ, साहुनी खै कता
स्पर्श त्यो नपाएर तड्पिएको छु
जताततै तिमीलाई देख्छु, छुनी खै कता
तिमीसँग माया लाउने पाप गरेँ मैले
भन प्रिय यो पापलाई, धुनी खै कता
यि आँखा रित्तो पारी रुनी खै कता
पाठशालामा ज्ञानगुन सिकाइन्छ रे
मायापिरेम, मा उत्तिर्ण हुनी खै कता
बाँच्नलाई दोबाटोमा पसल खोलेकोछु
साहु त म नै भएँ, साहुनी खै कता
स्पर्श त्यो नपाएर तड्पिएको छु
जताततै तिमीलाई देख्छु, छुनी खै कता
तिमीसँग माया लाउने पाप गरेँ मैले
भन प्रिय यो पापलाई, धुनी खै कता
No comments:
Post a Comment