बाहिर निस्केर एसो हेर्छु, शहर धपक्क बल्नै लागेको थियो। कतै झिपिक झिपिक बल्दै निभ्दै गर्ने बत्ती त कतै लहरै राखिएको एलेक्ट्रिक दियोले सधैं अध्यारोमा निदाउने शहरलाई बेहुलीझै निखार्दै थिए। तिहारको बेलामा झिलिमिली बत्ती नबाल्न विध्युत प्राधिकरणले जारी गरेको उर्दी सँग बेपर्वाह थियो काठमाडौं उपत्यका। घर को वरन्डाबाट यसो नियाल्छु, पल्लो घरको भाई बत्ती फिट गर्न लागिपरेको थियो। लगभग सबैको घर उज्यालोमा चम्किरहदा आफ्नो घरमा बत्ती बाल्न ढिलो हुदां पर्ने पिर म प्रस्ट देख्थेँ उसको काम गराइबाट। अर्को घरमा चेलीबेटीहरु ब्यस्त थिए लक्ष्मी पूजा गर्न, कोही लक्ष्मी को पाइला बनाउदै थिए त कोही दियो सल्काउँदै। छोरो चैँ सिँगारिएको घरलाई क्यमेरामा कैद गर्न ब्यस्त थियो । मलाई देखेर फिस्स हास्योँ र लाग्यो आफ्नै काममा, मानौँ लक्ष्मी माता ले आदेश दिएकी छिन "यती वटा फोटो खिच नत्र प्रबेश गर्दिन" भनेर।
हरेक जसो तिहारमा यो बेला म पनि यस्तै कुनै काम गरिरहेको हुन्थेँ। शायद मैले फिट गरेका बत्ती हरु कतै बल्न छाडेका त छैनन भनेर घर ओरिपरी घुम्दै हुन्थेँ होला। चाइनिज बत्तीको भर कत्ती पनि थिएन। यस्पाली म वरन्डाबाट नियालिरहेको छु, अरुको घरमा छाएको उज्यालो बाट आफ्नो मन बाल्न प्रयास गर्दै छु। अहँ यि प्रयास हरु निरर्थक शाबित हुँदै छन। यो तिहारमा मेरो मन अध्यारो छ। र यि सारा उज्यालो को रौनक म भित्र पस्न सकेका छैनन।
हाम्रो हजुरआमाले अठासी वर्षको उमेरमा यो संसारबाट बिदा मागेको छैठौँ दिन म यि सब कृयाकलाप हेरिरकेहो छु। ममिबुवाहरु हजुर आमाको खबर आउने बित्तिकै गाउँ गैसक्नु भएको थियो। अहिले उतै कुनै अध्यारो कोठामा बसेर हजुरआमालाई सम्झिदै हुनुहोला, आँशु लाई साक्षी राखेर शायद। यहाँ म र मेरो दिदी थियौँ। दिदी पनि इविनिङ ड्युटी पूरा गर्न हस्पिटल गएकी छे। तसर्थ घरमा म एक्लो छु, अरुको घरको तिहार हेर्दै छु, सोच्दै छु ओहो यो पाली हाम्रो घरमा तिहार आएन।
घरमा एक्लै भएको कारण बेलुकाको खाना बनाउने जिम्मा मेरै छ। अरु लक्ष्मी लाई आफ्नो घरमा प्रवेश गराउन ढोका खोलेर कुरिरहेका छन, म चाँही सब्जी किन्नु पर्यो भनी ढोका ढ्याम्म लाएर बाहिर निस्किन्छु। थाहा छैन किन यसपाली मलाई लक्ष्मी को प्रबेश सँग कुनै सरोकार छैन। सोच्छु अहो, सबै कुरा यो मन नै त रहेछ। बाहिर झिलिमिली चम्केको शहर, भित्र अध्यारो मन । तैपनी यै मन ले जितिरहेको छ। आफ्नो मनको सानो अध्यारो झिल्काले बाहिरी संसारलाई सिङै निलेको छ। बाहिरी कुरा त सबै शाबिक को जस्तै छ, पटकाको आवाज, बत्तिको झिलिमिली, देउसिरे र भैलिनी राम को उही गीत, सबै उस्तै छ। तर यि सब कुराले मेरो मन भित्र तिहार आएन। अहँ पटक्कै आएन।

No comments:
Post a Comment