Thursday, February 16, 2012

कवि हुने चाह

तिम्रो ओठमा सजिएको हांसो बन्न रहर लाग्यो
तिम्रा दु:ख निमोठ्ने त्यो पासो बन्न रहर लाग्यो
बुझेनौ या नचाहेको मेरा सारा रहरहरु
निचोरेर मुटु मेरो आज रुन रहर लाग्यो

आँखामा ति पोतिएका गाजल को नि डाहा लाग्यो
कान छोपी उँधो बग्ने कालो केश झन आहा! लाग्यो
त्यो शरीरमा उनिएको हरियो रङको रवाफ बेग्लै
चोट पोख्ने बाटो खोज्दै कबि बन्ने चाहा लाग्यो

म भन्दा त तिम्रो आँशु भाग्यमानी सार्है लाग्यो
कोमल गाला को स्पर्श मैले गर्न गार्है लाग्यो
पैसा तिरी बोल्नु पर्ने समयमा त छैनौ शायद
जवाफ को त आशै छैन एक्लै बोल्न करै लाग्यो

No comments:

Post a Comment