Wednesday, December 26, 2012

आधा भयो

तिम्रो बोली सुन्ने धुन मा रात पनि आधा भयो
तातो ओछ्यान, हिउँदमा त्यो पनि बाधा भयो

भेटौँ भनी कुरीराथेँ मेरै मनको मझेरिमा
एकछिन लाई आइदेउ,मन नलागे जादा भयो

सधैं भरी हासिरन्छु, हिजै तिमीले भन्थ्यौ क्यारे
के ले छोयो, थाहै पाइन तिम्रो मुस्कान सादा भयो

आशान्त भो मनको ताल,छाल धेरै आयो होला
तिमीलाई "irri" हान्या भन्दै मेरो दिमाग खादा भयो

ईतिहासको पाना हरुमा तिमी-मलाई राखी हेरेँ
हेर्दा हेर्दै हाम्रो कथा कृष्ण अनी राधा भयो

तिम्रो बोली सुन्ने धुनमा रात पनि आधा भयो
तातो ओछ्यान, हिउँदमा त्यो पनि बाधा भयो