तिम्रो नशा छंदै थियो, पिउन थालेछु
अर्ध जिवित जिन्दगी यो जिउन थालेछु
कठोर त्यो हृदयको धार कती तिखो रैछ
मन यो फाट्यो,सम्झनाले सिउन थालेछु
थकान मेट्ने शितल त्यो काख नभैदिँदा
भट्टी खोज्दै साँहिली को मा धाउन थालेछु
साँहिलीकैमा होश छाडी लर्बराउँदै घर आँउदा
बीच बाटोमा हाम्रो गीत गाउन थालेछु
बिपनिमा साथ छुट्दा, मायारुपी काँच फुट्दा
सपनिमा आँशु झार्दै आउन थालेछु
सँगै थियौँ त्यो मोडमा, हात समाइ पार गर्यौँ
नयाँँ मोडमा रित्तो हात पाउन थालेछु
सुन्दर दिनको चित्र कोर्दा तिमीले आँखा चिम्लीदिँदा
अर्कैसँग मैले माया लाउन थालेछु